`

मन्त्री बन्ने चक्करले संगीताको गुम्यो छँदाखाँदाको जागिर

Nepal One HD ७ असोज २०८२ १३:५१
अर्थ समाचार

काठमाडौं । मन्त्री बन्ने दौडमा लाग्दा स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राले छँदाखाँदाको पद नै गुमाउनु परेको छ । प्रधानमन्त्री सुशीला कार्कीले केही महिनाअघि तत्कालीन सरकारद्वारा स्वास्थ्य सचिव नबनाइएकी मिश्रालाई मन्त्री बनाउन खोजेसँगै उनले छ महिनाको घर बसाइ छाडेर शुक्रबारै पदबाट राजीनामा दिएकी थिइन् ।

राजीनामा स्वीकृतिपछि उनलाई हिजो दिउँसो २ बजे शीतल निवासमा अन्य चार जना मन्त्रीसँगै शपथ गराउने कार्यक्रम बन्यो । तर, शुक्रबार राति र शनिबार दिनभर संगीताको विगतबारे सञ्चारमाध्यममा छरपष्ट भएपछि प्रधानमन्त्री र राष्ट्रपति कार्यालयले अख्तियारमा उनीविरुद्ध चलिरहेको कारबाही प्रक्रियासम्बन्धमा सोधपुछ गर्न थाल्यो ।

‘उनीविरुद्ध आर्थिक अनियमितता सम्बन्धमा परेको उजुरीमाथि आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका थियौं ।’ ‘स्वास्थ्यमन्त्री बनाउन लागिएको पात्रबारे अख्तियारमा सोधपुछ भएको हो,’ स्रोत भन्छ, ‘उनीविरुद्ध आर्थिक अनियमितता सम्बन्धमा परेको उजुरीमाथि आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका थियौं ।’ सोही खबरपछि प्रधानमन्त्री कार्की संगीतालाई मन्त्री बनाउने निर्णयबाट पछाडि हटेको बुझिएको छ ।

अघिल्लो सरकारले सचिवमा बढुवा नगरेको झोंकमा मिश्रा छ महिनादेखि बिदामा बसेकी थिइन् । भदौ २४ गतेको ध्वंशपछि अन्यत्रैबाट नयाँ सरकारको चलखेल अघि बढाएको खबरसँगै उनी २५ गतेदेखि कार्यालयमा हाजिर हुन गइन् । जबकि उनी कार्यरत मन्त्रालय प्रयोगमा ल्याउन नसकिने गरी आगजनीबाट ध्वस्त भएको छ । छिमेकी देश भारत माइती भएकी डा. संगीता अंगीकृत नागरिकता लिएकी नेपाली हुन् । जुन कुरा स्वास्थ्य सेवामा रहँदा विभिन्न कार्यक्रममा उनी आफैँले भन्ने गरेकी थिइन् । यसले गर्दा मन्त्री बन्ने लोभ र महत्वकांक्षाले गर्दा डा. संगीताको स्वास्थ्य सेवाको विशिष्ट श्रेणीको जागिर खुस्किएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *