`

उद्योग वाणिज्य सङ्घको हलबाट कर कार्यालयको सेवा

Nepal One HD ७ असोज २०८२ २१:०२
अर्थ समाचार

तुलसीपुर, ७ असोज : आन्तरिक राजस्व कार्यालय तुलसीपुरले आजदेखि सेवा सुरु गरेको छ । जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको कार्यालयले तुलसीपुर उद्योग वाणिज्य सङ्घको हलबाट सेवा सुरु गरेको हो ।

हाललाई कार्यालयबाट सेवा प्रवाह गर्न नसकिने अवस्था आएपछि उद्योग वाणिज्य सङ्घको भवनबाट सेवा सुरु गरिएको प्रमुख कर अधिकृत श्रीधर टण्डनले बताउनुभयो । उहाँका अनुसार हाल करदाता सेवा र राजस्वसम्बन्धी सेवा सञ्चालन गरिएको छ ।

कार्यालयले दाङसहित पूर्वी रुकुम, प्यूठान, रोल्पा जिल्लालाई सेवा प्रवाह गर्दै आएको छ । कार्यालयका ३५ हजार बढी करदाताहरू छन् । जेनजी आन्दोलनका क्रममा कार्यालयका दुईवटा भवन र निवास पूर्ण रूपमा जलेर क्षति भएको छ भने दुई वटा गाडी र कार्यालयभित्रका सबै सामग्री जलेर नष्ट भएका छन् । हाललाई उद्योग वाणिज्य सङ्घले निःशुल्क रूपमा भवन उपलब्ध गराएको छ । केही समयपछि भवन भाडामा लिएर सेवा प्रवाह गर्ने प्रमुख टण्डनले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *