`

तेस्रो तिहार ‘फ्लोरा एक्स्पो’ सुरु, ७० स्टल (हेर्नुस् तस्वीरहरु)

Nepal One HD २८ असोज २०८२ १३:१७
अर्थ समाचार

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आज (मंगलबार) देखि तेस्रो तिहार ‘फ्लोरा एक्स्पो’ सुरु भएको छ । नर्सरी व्यवसायी संघ नेपालले उक्त एक्स्पोको आयोजना गरेको हो । एक्स्पोको प्रवद्र्धक पुष्प विकास केन्द्र र वनस्पति विभाग रहेको छ । मेलामा विभिन्न प्रजातिका फूल गमला तथा मनमोहक आकर्षक फूल लगायत कृषि प्रयोजनमा, ज्योतिको नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विभिन्न प्रजातिका बोटबिरुवा प्रदर्शन तथा बिक्री वितरणका लागि राखिएको छ ।

आयोजकका अनुसार मेलामा ७० वटा स्टल छन् । मेला ३५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने साथै ५० लाख भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रति व्यक्ति रु १०० र ज्येष्ठ नागरिकको लागि प्रति व्यक्ति रु ५० विद्यार्थीहरूको लागि निःशुल्क रहेको छ ।
तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *