नेकपाले गर्यो कार्की नेतृत्वको अन्तरिम सरकार खारेज र सर्वपक्षीय सरकार गठनको माग

प्रमुख खबर

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय सरकार गठनको माग गरेको छ । नेकपाले आज (आइतबार) पत्रकार सम्मेलन गर्दै यस्तो धारणा सार्वजनिक गरेको हो । अहिलेको सरकारले सबैलाई र जेनजी आन्दोलनकै भावनालाई समेत समेट्न नसकेको उल्लेख छ ।
नेकपाले चुनावमा भाग लिने तर त्यसका लागि सुरक्षाको वातावरण नरहेको जनाएको छ ।‘नेकपा चुनावमा भाग लिन चाहन्छ । तर सुरक्षा छैन । राजनीतिक तहमा उच्चस्तरीय संयत्न बनाउनु पर्छ’ नेकपाले भनेको छ, ’जबरजस्ती चुनावको कुरा गरिन्छ भने त्यो कठपुतली नचाउने थलो बन्छ ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको