`

काठमाडौँमा न्हु दँया भिन्तुना: स्वागत गरियो नेपाल सम्वत ११४४

Nepal One HD ५ कार्तिक २०८२ ११:१९
अध्यात्म

काठमाडौँ । बसन्तपुर काठमाडौँ मा आज धिमे लगायत परम्परागत बाजा साथै नेवारी पहिरनमा सजिएर नयाँ वर्षको न्हु दँया भिन्तुना (शुभकामना) र्‍याली सहित कार्यक्रम गरिएको छ ।

नेपाल सम्वत ११४४ को भिन्तुना र्‍याली निकालिएको हो ।न्हुदँया भिन्तुना । अर्थात् नयाँ वर्षको शुभकामना । र, यो शुभकामना हो,  नेपाल संवत् ११४६ को अवसरमा  काठमाडौँ मा कार्यक्रम आयोजना गरिएको  हो  ।

कात्तिक शुक्लपक्षदेखि नेपाल संवत्को नयाँ वर्ष सुरु हुन्छ।  नेपाल संवत् चन्द्रमासमा आधारित छ । लिच्छविकालमा कुन संवत् चलनचल्तीमा थियो, त्यसबारे समान धारणा पाइन्न । लिच्छविकालपछि भने हाम्रोमा नयाँ संवत् चलनचल्तीमा आएको देखिन्छ ।

लक्ष्मी पूजाको भोलिपल्ट नेपाल संवत् सुरु हुन्छ । सांस्कृतिक दृष्टिकोणले नेपाल संवत् सुरु भएको दिन नेवार समुदायमा ‘म्ह:पूजा’ गर्ने विशिष्ट सांस्कृतिक परम्परा रहेको पाइन्छ । म्ह:पूजा नेपाल भाषाको शब्दावली हो र यसको अर्थ हुन्छ, शरीर पूजा । म्ह अर्थात् शरीर । नयाँ वर्षको पहिलो दिन आफ्नै शरीर पूजा गर्ने परम्परा आफैंमा विशिष्ट र मौलिक रहेको छ । यसलाई विशेषत: काठमाडौं उपत्यका भक्तपुर ललितपुरमा  ठूलो उत्साह र भावनाले मनाइने गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *