समयमै निर्वाचन र ‘जेनजी’का माग सम्बोधन हुने गरी संविधान संशोधन जरुरी छ: प्रचण्ड

बिशेष

धनुषा । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यको निर्वाचन समयमै र ‘जेनजी’का माग सम्बोधन गर्ने गरी संविधान संशोधन हुनुपर्नेमा जोड दिएका छन् ।
बुधबार (कात्तिक ५) धनुषामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलुक हाल जटिल अवस्थामा रहेको उल्लेख गरे । यसको समाधान निर्वाचन भएको उनले बताए ।
“संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, पहिचान र अधिकारको पक्षमा एकजुट भएका सबै राजनीतिक दल, नागरिक समाज र आमजनता एक हुनुको विकल्प छैन,” उनले भने । उनले जेनजीले उठाएका विभिन्न मुद्दा सम्बोधन हुनुपर्नेमा पनि जोड दिए ।
उनले देशभित्र रहेका सबै वामपन्थी र कम्युनिस्ट दलबीच एकता आवश्यक रहेको औँल्याए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको