`

राजा महेन्द्रले बसाएको व्यवस्थित सहर महेन्द्रनगर (तस्बिरहरु)

Nepal One HD २० कार्तिक २०८२ १०:५४
प्रमुख खबर

कञ्चनपुर । अहिले भीमदत्त बजार भनेर चिनिने कञ्चनपुरको महेन्द्रनगर बजार तत्कालीन राजा महेन्द्र शाहको पालादेखि योजनाबद्ध रूपमा स्थापित भएको मानिन्छ । सुदूरपश्चिमका सहरहरुमध्ये योजनाबद्ध रूपमा स्थापित यो एक मात्र शहर हो ।

राजा महेन्द्रले २०१४ सालमा देश दर्शनका नाममा पूर्वको झापा, ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुला हुँदै बैतडीसम्म पैदल भ्रमण गरेका थिए । त्यही क्रममा उनले महेनन्द्रनगरमा व्यवस्थित बस्ती बसाल्ने परिकल्पना गरेको स्थानीय जानकारहरु बताउँछन् । त्यसयता मानिसहरु पहाडबाट महेन्द्रनगर झर्न थालेका थिए ।

राजा महेन्द्रले भारतको चण्डीगढको नक्साअनुसार गुरुयोजना बनाएर महेन्द्रनगर बजार बसाएको बताइन्छ । पहिले बेलौरीमा रहेको कञ्चनपुर जिल्ला सदरमुकाम पनि महेन्द्रनगरमा प्रशासकीय भवन निर्माण गरेर त्यहाँ सारिएको थियो ।

हाल महेन्द्रनगरमा फरक पहिचान र विशेषता बोकेका पाँचवटा गल्ली छन् । हरेक गल्लीको आफ्नै विशेषता छ । विपद्का बेला पनि यहाँ सहज हुने गल्लीहरू निर्माण गरिएको छ । गल्लीमा बनेका कुनै घर ढलिहाले पनि अर्को घरमा कुनै असर गर्दैन । पछिल्लो समय पार्किङ अभावले भने यहाँको बजार अस्तव्यस्त देखिन्छ ।

सुदूरपश्चिमकै योजनाबद्ध सहरका रूपमा रहेको महेन्द्रनगर पछिल्लो समय अतिक्रमणको चपेटामा परेको छ । अतिक्रमणले बजारको शोभा बिग्रिने भन्दै यहाँका स्थानीयले चिन्ता प्रकट गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *