`

जब बादल हट्छ, बतासेडाँडाबाट खुल्छ हिमालको संसार {तस्वीरहरु}

Nepal One HD २८ कार्तिक २०८२ १०:४७
प्रमुख खबर

पाल्पा । तानसेनबाट करिब ३ किलोमिटर उकालोमा अवस्थित बतासेडाँडा पछिल्ला वर्षहरूमा पहाडी दृश्य प्रेमीहरूको मन काढ्ने प्रमुख भ्यू पोइन्ट बनेको छ । मौसम खुलेको दिनमा यहाँबाट पश्चिमतर्फका काञ्जिरोवा हिमालदेखि पूर्वतर्फ जुगल हिमालसम्म फैलिएको विशाल हिमशृङ्खला एकै नजरमा हेर्न सकिन्छ । करिब ५० भन्दा बढी हिमशिखरहरू यस ठाउँबाट देखिन्छन् ।

पश्चिमतर्फ काञ्जिरोवा रेंजका हिउँचुली पाटन र काञ्जिरोवा हिमाल; त्यसपछि धौलागिरी शृङ्खलाका पुथा हिउँचुली, चुरेन, धौलागिरी १ देखि ६ सम्म तथा टुकुचे हिमाल स्पष्ट देखिन्छन् । मध्यभागतर्फ अन्नपूर्ण शृङ्खलाका निलगिरिदेखि तिलिचो, वराहशिखर, अन्नपूर्ण १, दक्षिण, हिमचुली, खाङसार काङ, तारे काङ, गंगापूर्ण, अन्न ३, माछापुच्छ्रे, अन्न ४, अन्न २ र लमजुङ हिमाल सुन्दर रूपमा देखा पर्छन् ।

त्यसैगरी मानसीरी शृङ्खलाका मनास्लु, ङादी चुली, हिमालचुली; गणेश हिमालका गणेश २, पविल, सलासुङ्गो; लाङटाङ क्षेत्रको लाङटाङ लिरुङ् तथा जुगल हिमाल क्षेत्रका केही शिखरहरू पनि दृश्यमा समेटिन्छन् । स्थानीयका भनाइअनुसार २००० सालअगाडि यहाँबाट हिमशृङ्खला अझै प्रस्ट देखिन्थ्यो । यद्यपि आज पनि बादलरहित दिनमा बतासेडाँडा पुगेको जो कोहीका लागि यो दृश्य जीवनभर याद रहने बन्छ । –मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *