टेलिकमको बक्यौता नतिर्नेलाई कालोसूचीमा राख्ने तयारी
अर्थ समाचार
काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार सेवा उपभोग गरे बापतको बक्यौता रकम तीन महिनाभित्र तिरे जरिवाना नलाग्ने जनाएको छ ।टेलिकमले आइतबार एक सूचना प्रकाशित गर्दै ०७९/०८० सम्मको बक्यौता रकम मंसिर १ देखि माघ मसान्तसम्म भुक्तानी गरेको खण्डमा जरिवाना छुट हुने जानकारी दिएको हो ।
टेलिकमले यो अवसरको लाभ लिन बक्यौता बाँकी भएका सबै ग्राहकहरूलाई अनुरोध गरेको छ । त्यस अवधिमा पनि बक्यौता भुक्तानी नगरे त्यस्ता ग्राहकहरूको नामावली पत्रिकामा प्रकाशित गर्ने, वेबसाइटमा राखी कालोसूचीमा समावेश गर्ने प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ ।
हेर्नुस् सूचना

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
