पहिलो ओभरमै सुदूरपश्चिमका दुवै ओपरन आउट
खेलकुद
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले पहिलो ओभरमै दुवै ओपनरलाई गुमाएको छ ।
बुधबार (मंसिर ३) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले पहिलो ओभरमै ओपनरद्वय जस ब्राउन र विनोद भण्डारीलाई गुमाएको हो ।
काठमाण्डू गोर्खाजबाट पहिलो ओभर बलिङका निम्ति आएका कप्तान करण केसीले सुदूरपश्चिमका ओपनर जोस ब्राउनलाई दोस्रो बलमा एलबीडब्लूको धरापमा पारे । यस्तै, सोही ओभरको अन्तिम बलमा करणले विनोदलाई भीम सार्कीबाट क्याच गराए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
