`

काठमाडौँ महानगरका मेयर बालेन शाहलाई पितृशोक

Nepal One HD १५ मंसिर २०८२ १२:३६
बिशेष

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पितृशोक परेको छ।

बिरामी रहेका उनका बुवा रामनारायण शाहको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा सोमबार मध्याह्न निधन भएको हो। उनलाई आइतबार अस्पताल भर्ना गरिएको थियो।  उनको भेन्टिलेटरमा राखेर उपचारका क्रममा निधन भएको सिभिल अस्पताल स्रोतले जानकारी दिएको छ।

“उहाँलाई हिजो अस्पताल ल्याउँदा नै होस थिएन, अवस्था गम्भीर थियो। उपचार क्रममा आज मध्याह्न निधन भएको हो,” अस्पताल स्रोतले भन्यो।

स्रोतका अनुसार रामनारायणलाई पिसाबसम्बन्धी संक्रमण देखा परेको थियो भने संक्रमण शरीरमा फैलिएको थियो। साथै मस्तिष्कमा पनि असर देखिएको थियो।

बालेनका बुबाको अवस्था गम्भिर भएपछि आजै प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर मेयर बालेन शाहलाई भेटेकी थिइन् भने रामनारायणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्।

रामनारायणका श्रीमती, दुई छोरा र एक छोरी छन्। उनी आयुर्वेद डाक्टर थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *