`

वासिङटन डिसी क्षेत्र वरपरका गुरुङ समुदायले भव्य रुपमा ल्होछार मनाउँदै

Nepal One HD २३ मंसिर २०८२ १८:४३
प्रवास

तमु धीं भर्जिनियाले हरेक वर्ष जस्तै यस वर्ष पनि वासिङ्टन डिसी महानगरमा धुमधामले त ल्होछार २०२५ मनाउने भएको छ । वासिङटन डिसी क्षेत्र वरपर बस्नुहुने गुरुङहरुको एकदमै सक्रिय र लामो इतिहास बोकेको पवित्र संस्था तमु धीं भर्जिनियाले  एकदम भव्य तरिकाले तमु ल्होछार मनाउने धुमधाम तयारी गरिएको अध्यक्ष नन्द कुमार गुरुङले जानकारी दिए ।

गुरुङहरुको महान पर्व अर्थात नयॉं वर्ष अर्थात तमु ल्होछारको अमेरिकामा भव्य रुपमा तयारी गरिँदैछ । आगामी पुष १५ गतेका दिन मनाईने तमु (गुरुङ )  जातिको यस विशेष पर्वमा  १२ वटा बर्गहरु मध्ये यस वर्ष सर्प बर्ग ( स-प्रिल्हो )  लाई बिदाई गर्दै नयॉं बर्ग त ल्हो  (घोडा बर्ग ) लाई स्वागत गरिने छ ।

आफ्नै मौलिक पहिचान सहितको गुरुङ भेषभुषामा सजिएर, मौलिक गीत संगीतमै नाच्दै, गाउँदै, रमाईलो गर्दै, मिठो स्वादिष्ट परिकारहरु खाई एक आपसमा शुभकामना आदनप्रदान गर्दै धुमधामले मनाईने यो राष्ट्रिय पर्व आजकल नेपालमा मात्र नभई संसारको कुना कुनामा जहॉं जहॉं रोजगार र बसाई सराईको सिलसिलामा गुरुङहरु पुगेका छन्, ती सबै ठाउँहरुमा गुरुङहरुले मात्र नभई गैर गुरुङहरु समेत पुरै गुरुङ पहिरनमा सजिएर एक-आपसमा मितव्ययी एवं पारस्परिक सदभावका साथ यो पर्व मनाईरहेको पाईन्छ, जुन अति नै खुशी र गर्वको कुरा पनि हो ।  यही तमु ल्होछारको अवसर पारेर अमेरिकाको राजधानी वासिङटन डिसी क्षेत्र वरपर बस्नुहुने गुरुङहरुको एकदमै सक्रिय र लामो इतिहास बोकेको पवित्र संस्था तमु धीं भर्जिनियाले पनि एकदम भव्य तरिकाले तमु ल्होछार मनाउने धुमधाम तयारी गरिएको अध्यक्ष नन्द कुमार गुरुङले जानकारी दिए ।

जसका लागि  समाजका आजीवन सदस्य, सचेतक तथा प्रवक्ता श्री बिन्ती कुमार गुरुङको संयोजकत्वमा ६१ सदस्यीय ल्होछार मूल आयोजक समिति २०२५  गठन गरिएको सचिव थमन गुरुङले जानकारी दिए ।  ल्होछार कार्यक्रमको टिकट दर प्रतिव्यक्ति $४५ तोकिएको छ भने १० वर्ष मूनिका बालबच्चाहरुलाई निशूल्क प्रवेश रहनेछ ।

यसर्थ तमु धीं भर्जिनिया परिवारसँग गहिरो आस्था, बिश्वास राख्नुहुने र समाजलाई असाध्यै माया गर्नुहुने सम्पूर्ण तमु तथा गैर तमु नेपाली बुबाआमा, दाजुभाई तथा दिदीबहिनीहरु, जो वासिङटन डिसी महानगर वरपर बस्नुहुन्छ, यहॉंहरु सबैलाई  सो दिनको उक्त ल्होछार कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दै कार्यक्रमलाई एकदम भव्य र सभ्य तवरले सम्पन्न गराउनको लागि मिठो साथ, समर्थन र सहयोगको लागि तमु धीं भर्जिनिया परिवारले सबैलाई कार्यक्रममा उपस्थित हुनका लागि अपिल गरेको छ ।

जसका लागि ल्होछार मूल आयोजक समितिका संयोजकका रुपमा बिन्ती कुमार गुरुङ रहेका छन् ।  फोर हन्ड्रड सेन्टर एसटी एस भेन्ना भिए २२१८० मा डिसेम्बर ३० तारिख, मंगलबारका दिन हुने कार्यक्रम बेलुका ५ बजे देखि मध्यरात १२ बजे सम्म चल्ने उपाध्यक्ष तिलक गुरुङले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *