एमाले महाधिवेशनको हाइटेक उद्घाटन: रिमोटबाट झण्डोत्तोलन गरेर ओलीले गरे उद्घाटन
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन उद्घाटन कार्यक्रम भक्तपुरको सल्लाघारीमा सुरू भएको छ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रिमोटबाट झण्डोत्तलन गरेर उद्घाटन गरे ।
अत्याधुनिक प्रविधि प्रयोग गरी महाधिवेशन औपचारिक उद्घाटन गरिएको हो । उपमहासचिव प्रदीप ज्ञवालीले सञ्चालन गरिरहेको कार्यक्रममा यसअघि महासचिव शंकर पोखरेलले सम्बोधन गरेका थिए ।
अहिले पनि देशभरीबाट आएका महाधिवेशन प्रतिनिधि र कार्यकर्ता सल्लाघारीमा भेला भइरहेका छन् । एमालेले आज तीन लाख मान्छे उतार्ने घोषणा गरेको छ ।
भक्तपुरका विभिन्न स्थानबाट झाँकीसहितका र्यालीहरू लगातार कार्यक्रमस्थलमा प्रवेश गरिरहेका छन् । र्यालीमा कार्यकर्ताले नाराबाजी पनि गरिरहेको देख्न सकिन्छ । विभिन्न राजनीतिक दलका नेता पनि सल्लाघारी पुगिरहेका छन् एमालेले यसपटक विदेशी पाहुनाहरू बोलाएको छैन भने १६ राजनीतिक दललाई निम्ता गरेको छ ।
