`

एमाले महाधिवेशनमा मतदानअघि भोट माग्दै नेता-कार्यकर्ता

Nepal One HD १ पुष २०८२ १५:०८
नेकपा एमाले

काठमाडौंको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औं महाधिवेशनमा आज नेतृत्व चयनका लागि मतदान हुँदै छ । आगामी पाँच वर्षका लागि एमालेको नेतृत्वमा दाबी गर्दै वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । १९ जना पदाधिकारीका लागि ४२ जना प्रतिस्पर्धा गर्ने छन् भने ३०१ जनाको केन्द्रीय समितिमा पर्न ६०३ जना उम्मेद्वार चुनावी मैदानमा हुनेछन् । यतिबेला भृकुटीमण्डपमा एमालेका नेता-कार्यकर्ता आ-आफ्ना उम्मेद्वारलाई भोट मागिरहेका देखिन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *