टुकुचा खोलाको पानी पिउनयोग्य बनाइँदै {तस्वीरहरु}
काठमाडौं । टुकुचा खोलाको पिउन मिल्ने बनाउने लक्ष्यसहित प्रदूषित पानी स्रोत सफा गर्ने उद्देश्यले फोहर पानी प्रशोधन केन्द्र निर्माणको काम अघि बढाइएको छ । नेपाल सरकार, शहरी विकास मन्त्रालयअन्तर्गत बागमती सभ्यता एकीकृत विकास उच्चस्तरीय समितिमार्फत बागमती नदी बेसिन सुधार आयोजना–अतिरिक्त वित्तीय सहयोग अन्तर्गत यो परियोजना सञ्चालनमा छ ।
एशियाली विकास बैंकको ऋण सहयोगमा करिब एक अर्ब ५२ करोड रुपैयाँ लागतको यो आयोजना ८ जुन २०२२ मा सुरु भई ५ जुन २०२५ सम्म सम्पन्न हुने लक्ष्य राखिएको छ, साथै ५ वर्षको सञ्चालन सेवा अवधि तोकिएको छ । परियोजनाको ठेक्का Passavant–Kalika–SNET–JV ले लिएको छ भने परामर्शदाता EPTISA SERVICIOUS DE INGENIERIA S.L सहितको संयुक्त टोली रहेको छ । केही दिनअघि शहरी विकास मन्त्री कुलमान घिसिङले टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्रको आयोजनास्थलको निरीक्षण गरेका थिए ।
तस्वीरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

