माइतीघरमा मिराज समूहको प्रदर्शन, केहि पक्राउ {तस्वीरहरु}
काठमाडौं । जेनजी नेता मिराज ढुंगााको नेतृत्वको समूहले आज काठमाडौंको माइतीघरमा आन्दोलन सुरु गरेको छ । अन्तरिम सरकारविरुद्ध उक्त समूहले आज बिहानदेखि माइतीघरमा विरोध प्रदर्शन गरिरहेको छ । आन्दोलनमा सहभागी जेनजी युवाहरुले सरकारविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् ।
जेनजीका विगतका माग पूरा नगरेको भन्दै उनीहरुले सरकारविरुद्ध आन्दोलन सुरु गरेका हुन् । माइतीघरमा डा निकोलस भुसालको समूह पनि देखिएको छ । प्रदर्शनका कारण माइतीघर, थापाथली, बबरमहल लगायतका क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । त्यस क्षेत्रमा सुरक्षा निकायको बाक्लो उपस्थिति छ । आन्दोलनका लागि भेला भएका जेनजी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ । भुसालसहित केही युवालाई नियन्त्रणमा लिइएको छ । केही घाइते पनि त्यहाँ पुगेका छन् । प्रशासनको अनुमतिबिना कार्यक्रम गरिएको भन्दै प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएको छ ।
–तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

