`

हिन्दी–नेपाली मिश्रणमा प्रिजनको प्रयोग, ‘पिया पिया’ले शुरु गर्‍यो नयाँ यात्रा

Nepal One HD ७ पुष २०८२ १८:४१
मनोरञ्जन भिडियो

काठमाडौँ ।झण्डै डेढ दशकदेखि संगीत यात्रा थाम्न नदिई निरन्तर संघर्ष गरिरहेका गायक तथा संगीतकार प्रिजन टरालीले आफ्नो करियरको ‘कमब्याक’ जस्तै मानिएको नयाँ डान्सिङ गीत ‘पिया पिया तुझे दिल दिया’ सार्वजनिक गरेका छन्। लामो समयको अन्तरालपछि औपचारिक रूपमा सार्वजनिक गीत ल्याएका प्रिजनका लागि यो गीत केवल अर्को सिर्जना मात्र नभई संगीत क्षेत्रमा पुनः सक्रियताको संकेतका रूपमा पनि हेरिएको छ।

गीतमा प्रिजनसँगै एलिना चौहानको स्वर छ भने शब्द र संगीत स्वयं प्रिजनकै रहेको छ। हिन्दी–नेपाली मिश्रित गीतले उनीअघि भन्दा फरक र व्यावसायिक स्वाद दिने प्रयास देखिन्छ। केशब बडुको एरेन्ज, कुमार रानाको मिक्सिङ र सुनिल क्षेत्रीद्वारा निर्देशन गरिएको भिडियोले गीतलाई थप आकर्षक बनाउन खोजेको छ।

भिडियोमा मोडल सुनिल क्षेत्री र सलिना खत्रीको डान्स प्रस्तुतिले गीतको डान्सिङ भावलाई उचाइ दिएको छ। नवराज उप्रेतीको छायांकन र अमृत चापागाईंको सम्पादनले भिडियोलाई दक्षिण–एशियाली शैलीको आधुनिक लुक दिएको देखिन्छ।

प्रिजन पछिल्लो ६ वर्ष युएईमा रहँदा दोहोरी साँझमार्फत गायनसँग जोडिँदै आएका थिए। पेसागत चुनौती र समय अभावका कारण अफिसियल गीत सार्वजनिक गर्न नसकेपनि संगीतप्रतिको लगाव भने उनको जीवनबाट मेटिएन। अहिले नेपाल फर्किएपछि उनी पूर्ण रूपमा संगीत करियर पुनः स्थापित गर्न लागेको ‘पिया पिया’ बाट संकेत गर्छ।

आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गीतबारे प्रिजनले दीर्घकालीन प्रभावको आशा व्यक्त गरेका छन्। “यो गीत लाखौंले चाँडै हेर्छन् कि हुँदैनन् भन्न सकिँदैन तर बिस्तारै हेर्ने, सुन्ने र सम्झिने खालको छ,” प्रिजनले प्रतिक्रिया दिए।

पहिलो गीत ‘नमस्कार नमस्कार’ देखि लिएर ‘हिरो नम्बर वन’ सम्मको यात्रा र विदेशका वर्षौंको अनुभवपछि उनको नयाँ चरण सुरु हुने संकेतसहित ‘पिया पिया’ ले प्रिजनलाई पुनः संगीत बजारमा स्थापित गराउन कत्तिको सफल हुन्छ, त्यो दर्शक–श्रोताको प्रतिक्रियाले तय गर्नेछ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *