रवि-बालेन वार्ता आज पनि टुंगिएन, भोलि फेरि बस्ने
राजनीति
काठमाडौं । एकता प्रयासमा रहेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबीचको वार्ता आज पनि टुंगिन सकेन । यसअघि शुक्रबारको वार्ताबाट सबै कुरा टुंग्याउने दाबी दुवै पक्षले गरेका थिए ।
आजको वार्तामा सबै कुरा नटुंगिएपछि भोलि फेरि वार्ता हुने छ ।
कुलमान घिसिङलाई समेत समेटेर एउटै दल बनाएर चुनावमा जाने तयारी गरिरहेका उनीहरूका लागि समय घर्किँदै गएको छ । एउटै दल बनाउने हो भने समानुपातिक उम्मेद्वारको सूची निर्वाचन आयोगमा बुझाउनु अघि नै उनीहरूबीच एकता हुनुपर्ने छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
