रविसँग सहमतिअघि कुलमानलाई भेट्दै बालेन
प्रमुख खबर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्नुअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ ।
सबै पक्षलाई मिलाएर सहमतिमा पुग्ने प्रयास भइरहेका बेला सहमतिमा हस्ताक्षर हुनुअघि कुलमान र बालेनबीच प्रत्यक्ष छलफल गर्ने तयारी भएको स्रोतले जनाएको छ । यसैक्रममा शुक्रबार राति बालेन शाह गोदावरीमा आफ्ना सल्लाहकार कुमार बेन, भुपदेव शाह, केपी खनाललगायत व्यक्तिसँग छलफलमा बसेका थिए । उक्त भेटलाई सम्भावित राजनीतिक सहकार्य र भावी रणनीतिका रूपमा हेरिएको छ ।
बालेन निकट स्रोतका अनुसार उनी शनिबार गोदाबारीबाट निस्किएर सिधै कुलमान भेट्न निस्किएका हुन् । कुलमान घिसिङनिकट स्रोतले पनि बालेन र घिसिङबीच भेटवार्ता हुने पुष्टि गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
