प्रमुख दलका नेतासँग छलफल गर्दै प्रधानमन्त्री
राजनीति
काठमाण्डाैँ । प्रधानमन्त्री सुशीला कार्कीले शनिबार तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्दैछिन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न लागेकी हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे छलफल तय भएको प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए ।
सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा चुनावको तयारीमा छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
