`

रास्वपा सहमहामन्त्रीमा भुपदेप शाहको चर्चा, अछाम- २ बाट चुनावमा उम्मेदवारी दिने तयारी

Nepal One HD १७ पुष २०८२ ११:४१
राजनीति

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहका प्रमुख सल्लाहकार भुपदेव शाह रास्वपाको सहमहामन्त्री बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र मेयर बालेनको त्रिपक्षीय एकता गराउनमा भूमिका खेलेका शाहलाई महामन्त्री बनाउन बालेनले लविङ गरिरहेका छन् । 

साथै, शाहलाई अछाम निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभाको उम्मेदवार बनाउने रास्वपाको तयारी छ । यसैको लागि शाहले अहिले राजनैतिक भेटघाटलाई पनि तिव्र बनाएका छन् । 

शाह त्रिपक्षीय एकता गराउन भूमिका खेलेको वार्ता समितिका सदस्य थिए । अहिले रास्वपाको सहमहामन्त्री पद रिक्त छ ।    


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *