`

पहुँचवालाको संसद् पुग्‍ने वैकल्पिक ढाेका समानुपातिक बन्‍नु गलत : राम गुरुङ (भिडियोसहित)

Nepal One HD १७ पुष २०८२ १३:५०
प्रमुख खबर

काठमाडौं । डेढ दशकदेखि देशमा समानुपातिक निर्वाचन प्रणाली अभ्यासमा छ । दुईपटक संविधानसभा र दुईपटक प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणाली लागू भयो ।

प्रदेशसभा निर्वाचनमा पनि यही व्यवस्था कार्यान्वयनमा छ । तर, राजनीतिक विश्लेषक राम गुरुङको विश्लेषणमा यस अवधिमा समानुपातिक निर्वाचन प्रणाली मूल उद्देश्यबाट विचलित भयो ।

पार्टी नेतृत्वको मनपरी छनोट, नातावाद–कृपावाद र पराजित तथा असफल नेताहरूलाई संसद् छिराउने वैकल्पिक ढोका समानुपातिक निर्वाचन प्रणाली बन्यो ।

अर्थात्, पहुँजवालाको संसद् पुग्‍ने सुरक्षित गन्तव्य भयो । यसलाई उनी गलत मान्छन् ।

खासमा अवसरविहीन समुदायलाई राज्यको निर्णय प्रक्रियामा ल्याउने मूल ध्येय समानुपातिक निर्वाचन प्रणाली भएको उनी बताउँछन् ।

पूरा संवाद भिडियोमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *