अल शबाब विरुद्ध मध्य क्षेत्रको अपरेसनमा २९ जना लडाकु मारिएको सोमाली सेनाको दावी
एजेन्सी- सोमालियाको सेनाले देशको मध्य क्षेत्रमा अल शबाब विरुद्ध सैन्य कारबाहीका क्रममा २९ जना अल शबाब लडाकु मारिएको दावी गरेको छ ।
विज्ञप्ति जारी गदौ सोमाली सेनाले राजधानी मोगादिशुको दक्षिण–पूर्वमा रहेको मध्य शाबेल क्षेत्रको जुबाद गुद्नी क्षेत्रमा आतङ्कवादी स्थानहरूलाई लक्षित गरी अपरेसन सरु गरेको बताएको छ । अपरेसनमा मारिनेहरूमा वरिष्ठ कमाण्डर र प्रमुख अपरेटिभहरू समेत रहेको सेनाले जनाएको छ । पछिल्लो हप्तादेखि चलिरहेको अभियानको एक हिस्साको रूपमा अन्तर्राष्ट्रिय साझेदारहरूसँग समन्वयमा अपरेसन गरिएको विज्ञप्तिमा भनिएको छ ।
सेनाले व्यापक अभियानले अलनाली र हावडलेका क्षेत्रहरू पनि समेटेको उल्लेख गर्दै लगभग १३५ अल शबाब लडाकुहरूको मृत्यु भएको र समूहका धेरै आधारहरू ध्वस्त भएको जनाएको छ । अल कायदासँग जोडिएको अल शबाबले एक दशक भन्दा बढी समयदेखि सोमाली सरकारसँग लडिरहेको छ । पछिल्लो समयमा सोमाली सुरक्षा बलले समूहको बिरूद्ध तीव्र आक्रमणको एक हिस्साको रूपमा देशको मध्य र दक्षिणी भागका धेरै सहर र गाउँहरू पुनः कब्जा गरेको छ ।
