`

डा. निकोलस भुसाल र सरकारबिच ६ बुँदे सम्झौता

Nepal One HD १८ पुष २०८२ २१:४९
बिशेष

काठमाडौं – डा.निकोलस भुसाल र सरकारबीच ६ बुँदे सम्झौता भएको छ । शुक्रबार सरकारले निकोलस सहित हरिश विष्टसँग ६ बुँदे सम्झौता गरेको हो । आज प्रधानमन्त्री सुशीला कार्कीले दुवै जनालाई बालुवाटारमा जुस खुवाएकी हुन् ।

सरकारसँगको सम्झौतासँगै ११ औँ दिनमा उनीहरूको अनसन तोडिएको छ । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन रोकेर प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर भुसाल अनशन बसेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *