`

सचिन ढकालद्वारा समानुपातिक सूचीबाट नाम फिर्ता, उद्यमशीलतामा निरन्तर सक्रिय रहने प्रतिबद्धता

Nepal One HD १९ पुष २०८२ ११:४६
प्रमुख खबर

काठमाडौँ । विदेशमा अध्ययनपश्चात प्राप्त आकर्षक अवसरहरू त्याग्दै स्वदेश फर्किएका युवा उद्यमी सचिन ढकालले समानुपातिक निर्वाचन सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेका छन् । व्यक्तिगत कारणवश सूचीबाट नाम फिर्ता लिएको जानकारी गराउँदै उनले पार्टी नेतृत्वप्रति आभार व्यक्त गरेका छन् ।

पिताजी चन्द्रप्रसाद ढकालको प्रेरणाबाट उद्यमशीलताको बाटो रोजेको उल्लेख गर्दै ढकालले स्वदेशमै रोजगारी सिर्जना र आर्थिक समृद्धिमा योगदान पुर्‍याउने आफ्नो अठोट दोहोर्‍याएका छन् । नेपाली अर्थतन्त्र, खेलकुद, पर्यटन तथा युवा रोजगारी सिर्जनाका क्षेत्रमा आफू सक्रिय रहेको उनले बता ए।

हरेक वर्ष पाँच लाखभन्दा बढी नेपाली युवा रोजगारीका लागि विदेशिनु दुखद् भएको उल्लेख गर्दै, विदेशबाट स्वदेश फर्किएर केही गर्ने युवाहरूलाई साथ र सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् । 

ढकालले आफू पारिवारिक पृष्ठभूमिको अवसरमा होइन, आफ्नै शिक्षा, ज्ञान र क्षमताको प्रयोगमार्फत नवउद्यम र नविन सोचलाई अघि बढाइरहेको स्पष्ट पारेका छन् । आगामी दिनमा राष्ट्र र समाजको हितमा आवश्यक परे राजनीतिक जिम्मेवारी वहन गर्न सधैँ तत्पर रहने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

ढकालको नाम राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूची तर्फको खस आर्य क्लष्टर तर्फ एक नम्बरमा थियो । रास्वपाको बन्द सूची लाई लिएर चौतर्फी प्रश्न उठेको थियो।  जसमा ढकाल पनि थिए । 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *