`

युवा अधिवक्ता साहद्वारा विपन्न नागरिकलाई नि:शुल्क न्यायिक सहायताको घोषणा

Nepal One HD १९ पुष २०८२ १२:१४
समाचार

पर्सा जिल्लाका स्थायी  घर भई अध्ययनका क्रममा काठमाडौँ बसोबास गर्ने अधिवक्ता अनिल कुमार साहले आफ्नो पेशागत यात्राको सुरुआतमै निशुल्क न्यायिक सेवा गर्दै न्याय क्षेत्रको र कानुनी जटिलताको सहजताका लागि उदाहरणीय संकल्प गरेका छन् । 

अधिवक्ताको अनुमति पत्र प्राप्त गरेकै दिन साहले आर्थिक अभावका कारण न्यायबाट वञ्चित गरिब तथा विपन्न नागरिकहरूका लागि नि:शुल्क कानुनी सेवा प्रदान गर्ने घोषणा पनि गरेका छन् । 

सानैदेखि समाजसेवामा तल्लिन साहले आफुले समाजप्रतिको उत्तरदायित्व बहन गर्नका लागि यो कदम चालेको बताए। ‘ हाम्रो समाजमा अझै पनि कैँयन किसिमका कानुनी जटिलताहरु छन् ।  म ती जटिलतालाई सहज बनाउन सक्दाे प्रयास गर्नेछु’, उनले भने, ‘म कानुन सबैका लागि समान हुनुपर्छ भन्ने कुरामा दृढ छु । अझै पनि आर्थिक अवस्था कमजोर भएका नागरिक न्यायको पहुँचमा पुग्न सकेको स्थिति छैन । म आर्थीक विपन्नता र  गरिबी न्याय प्राप्तिको बाधक बन्नु हुँदैन भन्ने अभियानलाई व्यापक बनाउने प्रतिवद्वता व्यक्त गर्दछु।’

साहले नेसनल ल कलेज, काठमाडौँबाट स्नातक गरेका छन् ।  उनको यो निस्वार्थ रुपमा गर्ने यो न्यायिक सहयोगले कानुनी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *