`

भेनेजुएयलमाथि अमेरिकाको भीषण आक्रमण, संसद् भवन ध्वस्त, के भन्याे भेनेजुएयलले ?

Nepal One HD १९ पुष २०८२ १५:१५
प्रमुख खबर

काठमाडौं । अमेरिकी सेनाले राजधानी कराकाससहित मिरान्दा, अरागुआ र ला गुआइरा राज्यहरूमा आक्रमण गरेको भेनेजुएलाले दाबी गरेको छ ।

भेनेजुएलाका सरकारी समाचार च्यानल ‘तेलेसुर’ले समाचार रिपोर्टमा अमेरिकी आक्रमणको उद्देश्य देशको तेल र खनिज स्रोत कब्जा गर्नु र भेनेजुएलाको राजनीतिक स्वतन्त्रता कमजोर गर्नु रहेको जनाएको छ ।

भेनेजुएलाले यसलाई संयुक्त राष्ट्रसंघको बडापत्रको धारा १ र २ विपरीत भएको बताउँदै यसको मुख्य उद्देश्य सत्ता परिवर्तन नै रहेको टिप्पणी गरेको छ ।

यस्तै, कोलम्बियाका राष्ट्रपति कार्यालयले अमेरिकी आक्रमणपछि भेनेजुएलाको संसद भवन ध्वस्त भएको र दुईवटा विमानस्थलसहित कयौँ सैन्य अखडामा हला गरिएको जानकारी दिएको छ ।

यस आक्रमणको पहिलो सार्वजनिक निन्दा कोलम्बियाका राष्ट्रपति गुस्तावो पेत्रोले गरेका छन् । यसबीच, अमेरिकी पक्षले यस घटनाबारे औपचारिक प्रतिक्रिया दिइसकेको छैन र क्षतिको विस्तृत विवरण पनि सार्वजनिक गरिएको छैन ।

विश्लेषकहरूले यस घटनाले क्षेत्रीय सुरक्षा र राजनीतिक स्थायित्वमा ठूलो असर पार्न सक्ने आशंका व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *