`

अमेरिकी आक्रमणपछि भेनेजुएलामा राष्ट्रिय संकटकाल : सुरक्षा बलहरू सतर्क

Nepal One HD १९ पुष २०८२ १५:२८
विश्व

काठमाडौ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकाले राजधानी काराकाससहितका सहरहरूमा आक्रमण गरेको दाबी गर्दै देशभर राष्ट्रिय संकटकाल घोषणा गरेका छन्।

राष्ट्रपति मादुरोले जारी गरेको बक्तव्यमा अमेरिकी आक्रमणको निन्दा गर्दै यसलाई भेनेजुएलाको तेल र खनिज स्रोतमा कब्जा जमाउने प्रयास र देशको राजनीतिक स्वतन्त्रता कमजोर पार्ने उद्देश्य भएको बताएका छन्।

बीबीसीका अनुसार मादुरोले राष्ट्रिय संकटकाल लागू गर्दै सबै राष्ट्रिय सुरक्षा योजना (नेशनल डिफेन्स प्लान्स) आवश्यक समय र परिस्थितिमा लागू गर्न निर्देशन दिएका छन्। उनले भनेका छन् कि देशको रणनीतिक स्रोत र सम्पत्ति सुरक्षित राख्न यही कदम अनिवार्य भएको हो।

सुरक्षाा मामिलाका जानकारहरुका अनुसार यस घटनाले क्षेत्रीय सुरक्षा र राजनीतिक स्थायित्वमा गम्भीर असर पार्न सक्ने सम्भावना छ। यसबीच, अमेरिकी पक्षले आक्रमणबारे अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन।

राष्ट्रपति मादुरोको निर्णयपछि देशभित्र सुरक्षा बलहरू सतर्क भएका छन् र राजधानीसहित मुख्य शहरहरूमा सुरक्षा गतिविधि बढाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *