`

पक्राउ गरेर भेनेजुएलाका राष्ट्रपति दम्पतीलाई देशबाहिर ल्याएको ट्रम्पको दाबी

Nepal One HD १९ पुष २०८२ १५:५०
विश्व

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरी अमेरिकाको नियन्त्रणमा राखिएको दाबी गरेका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा पोष्ट गर्दै भनेका छन्, ‘संयुक्त राज्य अमेरिकाले भेनेजुएला र यसको नेता मादुरो विरुद्ध ठूलो सैन्य आक्रमण सफलतापूर्वक गरेको छ, जसमा उनकी पत्नीसहित पक्राउ गरी देशबाट निकालिएको छ।’

घटनालाई सन् १९८९ मा पानामाका सैन्य नेता म्यानुएल नोरिएगालाई पदच्युत गर्न गरिएको अमेरिकी हस्तक्षेप पछि ल्याटिन अमेरिकी क्षेत्रमा सबैभन्दा ठूलो प्रत्यक्ष सैन्य कदमको रूपमा व्याख्या गरिएकाे छ ।

शनिबार बिहान भेनेजुएलाको राजधानी काराकास र अन्य प्रमुख सैन्य स्थलहरूमा विस्फोट र धुवाँ उठेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। मादुरो नेतृत्वको सरकारले अमेरिकाको यस आक्रमणको तीव्र निन्दा गर्दै राष्ट्रिय आपतकाल घोषणा गरेको छ।

अमेरिकाले मादुरोलाई नार्को-राज्यु चलाएको र चुनावमा धाँधली गरेको आरोप लगाएको छ। सन् २०१३ मा ह्युगो चाभेजको उत्तराधिकारी बनेर सत्ता सम्हालेका मादुरोले वासिङ्टनले विश्वको सबैभन्दा ठूलो तेल भण्डार आफ्नो नियन्त्रणमा लिन चाहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *