`

सिरहामा स्कार्पियो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

Nepal One HD १९ पुष २०८२ २०:२७
समाज

सिरहा, १९ पुसः पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिरहाको बरियारपट्टि गाउँपालिका–१ नरगी खण्डमा आज भएको मोटरसाइकल र स्कार्पियो एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

बाक्लो कुहिरोका कारण पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ६ प ८६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा प्रदेश ०१–०७२ ब ००८२ नंको स्कार्पियो आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा नरगी गाउँका करिब २३ वर्षीय मोटरसाइकल चालक मो नदिम अन्सारी गम्भीर घाइते भएकामा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार करिब २२ वर्षीय सैतुल्ला मियाँसहित दुवै जनालाई तत्काल उद्धार गरी सदरमुकाम सिरहास्थित सहजा अस्पतालका लागि लगिएको थियो ।

उपचारका क्रममा अन्सारीको केही समयपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिनुभयो । मियाँको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार दुर्घटनापछि स्कार्पियो सडकबाट तल पल्टिएको थियो भने मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *