`

आज पृथ्वी जयन्ती, पृथ्वीनारायणका दश दिव्योपदेश

Nepal One HD २७ पुष २०८२ १३:०४
समाचार

काठमाडौँ । तकालिन गोरखा राज्यका राजा र आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती मनाईदै छ । 

पृथ्वीनारायण शाहले आफ्नो जीवनको अन्तिम समयमा शेरा दरबारमामा आफ्ना भारदारहरूलाई राज्य सञ्चालनका विभिन्न आयामका सन्दर्भमा उपदेशहरू दिएका थिए, जसलाई दिव्योपदेशका नामले पनि चिनिन्छ । 

उनका उपदेशहरू आज पनि समय सान्दर्भिक रहेको धेरैको बुझाई छ। पृथ्वीनारायण नारायण शाह भन्दथे कि ‘बुढाहरू मर्दा कोही अर्ति दिन्छन्, पछिल्ला पुस्तालाई ती कुरा घतिला(गहिरो अर्थ भएका) हुनाले एकले अर्कालाई भन्दै राज्य सञ्चालन गर्दै जान्छन्।’

पृथ्वीनारायण शाहका दस ‘दिव्य-उपदेश’
– बुढा मरै भाषा सरै भनि भन्छन् । तिमिहरू सबैछेउ सुनाइ गयाको भया तम्रा सन्तानलाई सुनाउला र तम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउन र यो राजे थामि षानन् ।

–चन्डागिरिमा आइपुग्यापछि नेपाल कुन् हो भनि सुध्याँञा र त्यो भादगाउ हो । त्यो पाटन । त्यो काठमाडौं हो । भनि देषा(या) र मेरो मनमा इ तिन सहरको राजा हुन पाया ता हुँदो हो भन्ने यस्तो मनमा परिरहेथ्यो ।

–लमजुन् भन्याको गरुड हो । गोर्षा भन्याको सरप हो । नेपाल भन्याको भ्यागुता हो । अघी गरुडको आषा छलनु । तब सर्पले भ्यागुतो षान पाउछ ।

–उप्रान्त ।। यो राजे दुई ढुंङ्गाको तरुल जस्तो रहेछ । चीन वादशाहसित ठूलो घाहा राष्नु । दषिनको समुन्द्रका बादशाहसित घाहा ता राषनु तर त्यो महाचतुर छ ।

–यो तिन सहर भन्याको चिस्व ढुंगो रहेछ । षेलषाल मात्र ठुलो रहेछ । कुपको पानि षान्याछेउ बुधि पनी हुंदैन । सुरो पनि हंदैन ।

–तिनै सहर नेपालको नेवारहरूको नाच झिकाई हेर्‍या पनि हुन्छ । ईनमा ता दियाको पनि आफ्नै देसमा रहंछ । यस्व भया आफ्नु देस गमन रहन्छ ।। 

–षानी भयाका ठाउमा गाउ भया पनि गाउ अरु जग्गामा सारिकन पनि षानि चलाउनु । गर्‍हो बन्या जग्गामा घर भया पनि घर अरु जग्गामा सारि कुलो काटि षेत बनाई आवाद गर्नु ।

–पुरुव पछिम्का षस बाहुन्लाई दरबारमा पैठ् हुन नदिनु । क्यान भनौला बाहिडा मान्छ्याले दरबारमा विथिति गराउछन् । 

–आफ्ना देसको जिनीस् जरिबुटि देस लैजानु र नगद षैचनु । नगद षैचि राषनु र प्रजा मोटा भया दर्बार बलियो रहन्छ । राजाका भंडार भन्याका रैतानहरू हुन् ।

–मेरा साना दुषले आज्र्याको मुलुक होइन । सबै जातको फुलबारि हो । सबैलाई चेतना भया । यो फुलमारिको छोटा बडा चारै जात छत्तिसै बर्नले (यसलाई सम्भार गर्नु पर्दछ) ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *