देशमा सुरक्षित संरचना निर्माण केवल इन्जिनियरिङले मात्र सम्भव छैन, समाजसँग सँगै काम गर्नुपर्छ – बालेन शाह
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले भू–बनोटसँगै विविधतायुक्त समाजलाई माथि उकास्न अनेक पाटोलाई सँगसँगै माथि उठाएर काम गर्नुपर्ने बताउका छन् ।
उनले आज सामाजिक सञ्जालमार्फत राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा शुभकामन दिदै यस्तो कुरा गरेका हुन् । उनले २०७२ सालको भूकम्पपछि नेपालजस्तो भूकम्पीय जोखिम भएको देशमा सुरक्षित संरचना निर्माण केवल इन्जिनियरिङले मात्र सम्भव नहुने बताएका छन् ।
उनले लेखेका छन्, ‘नेपालका विभिन्न भूगोलमा एउटा पेशाकर्मी इन्जिनियरको रूपमा काम गर्दा त्यो अनुभवले मलाई एउटा स्पष्ट कुरा सिकायो,नेपालजस्तो भूकम्पीय जोखिम भएको देश सिभिल इन्जिनियरिङको कोणबाट मात्र बन्दैन।’
उनले थप लेखेका छन्, भौगोलिक भू–बनोटसँगै हाम्रो विविधतायुक्त समाजलाई माथि उकास्न यसका अनेक पाटोलाई सँगसँगै माथि उठाएर काम गर्नुपर्छ। राष्ट्रको विकास भनेको भूगोल र जनता दुवैको विकास हो, र त्यसलाई जोड्न सक्ने सेतुको बलियो आधार निर्माण गर्नु हो।’
सुरक्षित राष्ट्र निर्माणका लागि स्ट्रक्चरल इन्जिनियरिङ, दीर्घकालीन योजना, मौलिक र आधुनिक विकासको सामञ्जस्यता, जिम्मेवार नीति र इमानदार नेतृत्वको आवश्यकता रहेको उनले बताए ।
