`

शान्तीश्री परियार र गौरव गिरीको सुन मायालुमा खुलीन् सुन्दरी दीपा शाही

Nepal One HD २ माघ २०८२ १७:५७
मनोरञ्जन भिडियो

काठमाडौँ । संगीतकार नागेन्द्र श्रेष्ठको सुन मायालु बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शान्तीश्री परियार र गौरव गिरीको स्वर रहेको सुन मायालु लोक पप शैलीमा तयार गरिएको छ ।

सुदुर पश्चिमेली भाषालाई संगीतकार नागेन्द्र श्रेष्ठले लोक पप शैली ढालेको सुन माया दर्शकले झट्ट सुन्दा र हेर्दा नै मन छुने किसिमले निर्माण गरिएको निर्देशक तथा गीतकार गौरव गिरी बताउँछन् । भिडियोमा गायक गिरी स्यमकै अभिनय रहेको छ भने अभिनयमा गौरवलाई दीपा शाहीले साथ दिएकी छिन् । प्रेम रोमान्सले भरिएको भिडियो रिलिज भएको छोटो समयमा नै ठूलो संख्यामा टिकटक र रिल्स बनेका कारण गीतले चर्चा पाएको संगीतकार नागेन्द्र श्रेष्ठ बताउँछन् ।

सुदुरपश्चिमको महेन्द्र नगरको लालझाडीमा २ दिन लगाएर छायांकन गरिएको सुन मायालुमा गौरवसँग सुन्दरी दीपा रोमान्टिक शैलीमा खुलेकी छिन् । भिडियो हेर्दा दर्शकले कहीँ कतै अडिनु पर्दैन । आधुनिक गीतका लोकप्रिय संगीतकार श्रेष्ठले पहिलो पटक सुदुर पश्चिमेली भाषालाई लोक पप शैलीमा उतारे लगत्तै दर्शकबाट गज्जबको प्रतिक्रिया पाइरहेको निर्देशक गिरी बताउँछन् । गीतमा एरेन्ज केशव बडुको रहेको छ मिक्सिगं तथा मास्टरिगं श्याम श्वेत रसाईलीको रहेको छ । अनिल के मानन्धरको डिओपी रहेको भिडियोमा जयन्द्र कुँवरको छायांकन रहेको छ ।

निरज सापकोटाको सम्पादन रहेको भिडियोमा गौरव र दीपाका अलावा जीवन थापा, सुरेश भट्ट, बब्लु गौतम, मोनिका सिंह र बबिता तिरुवाको पनि अभिनय देख्न सकिन्छ । भिडियोमा श्याम कुँवरको कलर रहेको छ । भिडियो संगीतकार नागेन्द्र श्रेष्ठको अफिसियल च्यानलबाट बजारमा आएको हो । संगीतकार श्रेष्ठले यसअघि आधा दुख घटाएर, तिमी सुस्तरी लगायतका दर्जनौँ गीत बजारमा ल्याईसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *