स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेको राजीनामा
जीवनशैली/स्वास्थ्य
काठमाडौँ। स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कार्यकारी निर्देशक डा काफ्लले राजीनामा बुझाएको जानकारी दिनुभयो । उहाँको राजीनामाबारे छलफल गरिरहेको प्रवक्ता डा बुढाथोकीले बताउनुभयो ।
“आवयक निर्णयका लागि राजीनामाको व्यहोरा मन्त्रीपरिषद्मा पेश गछौँ”, उहाँले भन्नुभयो । डा काफ्ले गत फागुनमा बोर्डका कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
