नेकपा नेता लेखनाथ न्यौपानेद्वारा गोरखा–२ मा उम्मेदवारी दर्ता
निर्वाचन विषेश
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छाडेको गोरखा– २ मा लेखनाथ न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् ।
उनले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । न्यौपाने संसदीय निर्वाचनमा पहिलोपटक उम्मेदवार बनेका हुन् ।
नेकपामा उनको बौद्धिक नेताको पहिचान छ । प्रचण्डले अवसर नदिएर छेउ लगाएको नेताका रूपमा समेत चिनिने न्यौपानेका प्रतिस्पर्धी एमालेका चक्रे मिलन छन् ।
विगतमा उनी गुण्डा नाइके थिए । रास्वपाबाट महामन्त्री कविन्द्र बुर्लाकोटी उम्मेदवार बन्ने भएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
