`

नेकपा नेता ‘दीपशिखा’को उम्मेदवारी दर्ता, महेश बस्नेतसँग प्रतिस्पर्धा

Nepal One HD ६ माघ २०८२ १४:०४
निर्वाचन विषेश

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले भक्तपुर– २ मा उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् । तत्कालीन नेकपा माओवादी केन्द्रका भ्रातृ संगठन वाईसीएल नेपालको उनी लामो समय अध्यक्ष भए ।

उम्मेदवारी दर्तापछि उनले नयाँ र पुराना भन्दा पनि बिचार महत्त्वपूर्ण हुने भएकाले आफू समृद्धिसहितको बिचारका साथ चुनावमा होमिएको बताए । आफूले भक्तपुरको जनताका लागि लामो समय राजनीति गरेको भन्दै जनताले विश्वास गर्ने उनको भनाइ छ । उनले जनतालाई आवश्यक परेका बेला सधैँ जनताको साथमा उभिने उल्लेख गरे । सापकोटा पहिलो पटक आम निर्वाचनमा उम्मेदवार बनेका हुन् । सोही क्षेत्रबाट एमाले सचिव महेश बस्नेतको पनि उम्मेदवारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *