`

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने, कुन बिषय कहिले ?

Nepal One HD ७ माघ २०८२ १९:०९
बिशेष

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत १९ गतेदेखि शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरले आज परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

जसअनुसार चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको हो। चैत १९ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषय, चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितिय खण्डका सबै विषयको परीक्षा सञ्चालन हुने जनाइएको छ ।

यसअघि चैतको पहिलो साता सञ्चालन हुँदै आएको एसईई परीक्षा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका कारण केही दिनपछि सारिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *