`

स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल

Nepal One HD ७ माघ २०८२ २०:५६
जीवनशैली/स्वास्थ्य

काठमाडौँ। स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा कृष्ण पौडेललाई दिइएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बोर्डको नेतृत्व रिक्त नराख्न मन्त्रालयका सहसचिव पौडेललाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरिएको जानकारी दिनुभयो ।

“बिमा बोर्ड जस्तो महत्वपूर्ण ठाउँमा प्रमुख पद खाली राख्न भएन । त्यसैले मन्त्रालयका सहसचिव पौडेललाई केही समयका लागि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरिएको हो,” उहाँले भन्नुभयो । कार्यकारी निर्देशक डा रघुराम काफ्लेले गत आइतबार राजीनामा दिनुभएको थियो ।

निमित्त कार्यकारी निर्देशक पौडेल मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखामा प्रमुख हुनुहुन्छ । मन्त्रालयका प्रवक्ता डा बुढाथोकीका अनुसार उहाँलाई बोर्ड र नीति तथा योजनामा महाशाखा दुवै हेर्ने गरी जिम्मेवारी तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *