त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयमा अखिल क्रान्तिकारीले निकाल्यो मसाल जुलुस
त्रिभुवन विश्वविद्यालय (त्रिवि)को केन्द्रीय कार्यालयमा विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मसाल जुलुस निकालेको छ ।त्रिविअन्तर्गत मानविकी तथा समाजशास्त्र संकायका विभिन्न विभागहरूमा शुल्क समायोजन गर्न माग अखिल क्रान्तिकारीले गरेको तालाबन्दी त्रिवि प्रशासनले सहमतिबेगर ताला खुलाएको थियो ।
सहमतिविना ताला खोलेको भन्दै क्रान्तिकारी विद्यार्थी संगठनले सोमबार साँझ त्रिविको केन्द्रीय कार्यालयमा मसाल जुलुस गरेको हो । उनीहरूले त्रिविका उपकुलपति, रेक्टर, रजिस्ट्रारको फोटोसमेत जलाएका थिए ।
उनीहरूले पूर्व सहमति जनुसार मानविकी तथा समाजशास्त्र संकाय अन्तर्गत चार बिभानहरुको शुल्क समायोजन यथाशीघ्र कार्यनयन गरिनु पर्ने, विश्वविद्यालयका सम्पूर्ण बिभागहरुको आवश्यकता र सम्भाव्यताको आधारमा बिहानी र दिउँसो सत्रमा तत्काल कक्षा संचालन गरिनु पर्ने माग गरेका छन् ।
त्रिविले भने विद्यार्थीका मागका सम्बन्धमा कार्यदल गठन भएको र उक्त कार्य दलले काम गरिरहेको भन्दै हाललाई ताला खोल्ने आइतबार आग्रह गरेको थियो । त्रिविमा तालाबन्दी नगर्न सर्वोच्च अदालतले आदेशसमेत गरेको छ ।
