`

काठमाडौं–२ : ‘क्याप’ चुनाव चिह्न पाएपछि प्रचारमा लागे स्वतन्त्र उम्मेदवार रुपक सिम्खडा

Nepal One HD १३ माघ २०८२ ७:००
राजनीति

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार रुपक सिम्खडाले ‘क्याप’ चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगले सिम्खडालाई उक्त चुनाव चिह्न प्रदान गरेसँगै उनी औपचारिक रूपमा चुनावी प्रचारमा जुटेका छन् ।

विगतमा राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठनमार्फत राजनीतिमा सक्रिय सिम्खडा काठमाडौं–२ अन्तर्गत थली निवासी हुन् । ४४ वर्षीय सिम्खडाले जेन–जी युवाको भावना र अग्रज पुस्ताको अनुभवलाई एकसाथ जोडेर राजनीति गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘जेनजी आन्दोलनपछि विकसित परिस्थितिमा युवा र अग्रज पुस्ताबीच सेतु बन्ने मेरो प्रयास हुनेछ,’ सिम्खडाले भने, ‘सकारात्मक सोच र सत्कर्मलाई निरन्तरता दिँदै नागरिकको भरोसा जित्नेछु।’काठमाडौं क्षेत्र नम्बर २ मा यसपटक प्रतिस्पर्धा रोचक देखिएको छ । यहाँ नेकपा एमालेबाट मणिराम फुयाल, नेपाली कम्युनिस्ट पार्टीबाट नितेश पौडेल, नेपाली कांग्रेसबाट कविर शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुनिल केसीसहितका उम्मेदवार चुनावी मैदानमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *