इरानमाथि आक्रमण भए हिजबुल्लाह सक्रिय हुने चेतावनी
प्रमुख खबर
इरान । हिजबुल्लाहका नेता शेख नइम कासिमले सोमवार इजरायल वा संयुक्त राज्य अमेरिकाले इरानमाथि सैन्य आक्रमण गरेमा आफ्नो समूह तटस्थ नबस्ने चेतावनी दिएका छन् । अल–मनार स्थानीय टिभी च्यानलमार्फत सम्बोधन गर्दै उनले इरानलाई निशाना बनाइने कुनै पनि युद्धले पूरै क्षेत्रलाई आगोको चपेटामा पार्न सक्ने बताए ।
यसैबीच, दक्षिण लेबनानको टायर शहरमा इजरायली सेनाले गरेको आक्रमणमा अल–मनार टिभीका प्रस्तोता शेख अली नुरुद्दिनको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । इजरायली सेनाले यो आक्रमण नोभेम्बर २७ मा लागू भएको युद्धविराम सम्झौताको उल्लंघनको जवाफ भएको दाबी गरेको छ । युद्धविरामका बावजुद इजरायली सेनाले लेबनानमा छिटपुट आक्रमणहरू जारी राखेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
