`

नागढुङ्गाबाट चाँदीसहित एक जना पक्राउ

Nepal One HD १३ माघ २०८२ २०:१२
समाचार

काठमाडौँ। नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गाको टोलीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको मप्र ०१–००१ ख ७७२१ नं को यात्रुबाहक बस चेकजाँचका क्रममा दुई दशमलव पाँच किलो चाँदीसहित वीरगञ्ज महानगरपालिका– १६ का २५ वर्षीय किसन साहलाई आज पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बसमा लुकाएर ल्याएको अवस्थामा चाँदीसहित साहलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उक्त चाँदीको मूल्य रु १६ लाख ९० हजार बराबर रहेको छ ।

पक्राउ परेका साहलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट पठाइएको परिसरले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *