कोषका सन्दर्भमा प्रकाशित भ्रामक समाचारप्रति ध्यानाकर्षण
काठमाडौँ। राष्ट्रिय प्रकृति संरक्षण कोषले केही दिनदेखि कोषका सन्दर्भमा केही सञ्चारमाध्यममा प्रकाशित समाचार अनर्गल, तथ्यहीन र भ्रामक भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
कोषले आज विज्ञप्तिमार्फत संस्थाको गरिमा र विश्वसनीयतामा गम्भीर आँच पु¥याउने उद्देश्यले सत्यतथ्यलाई तोडमोड गरी सम्प्रेषण गरिएका त्यस्ता समाचारप्रति आपत्ति प्रकट गरेको हो ।
कोषले त्यस्ता समाचारको पछाडि नलाग्न कर्मचारी, शुभचिन्तक एवं सरोकारवाला सबैलाई आग्रह गरेको छ । कोष एक स्वायत्त एवं स्वशासित संस्था भएको र यसको सञ्चालन आफ्नै ऐन, कानुन तथा नियमावली बमोजिम हुने उल्लेख गर्दै कोषले अध्यक्ष र सदस्य–सचिवको नियुक्ति पनि प्रचलित ऐनको व्यवस्थाअनुसार नै कानुनी प्रक्रियाबाट भएको स्पष्ट पारेको छ ।
साथै कोषले वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाइँले जेनजी आन्दोलनका क्रममा सरकारी आवासमा पूर्ण क्षति पुगेकाले मितव्ययिताका दृष्टिकोणले सदर चिडियाखानाको कार्यालय प्रमुखको रिक्त आवास उपयुक्त ठानी प्रयोग गर्नुभएको स्पष्ट पारेको छ ।
उक्त रिक्त भवनमा उहाँ बस्दा समाचारमा उल्लेख गरिए जस्तो वन्यजन्तुलाई कुनै असर नपर्ने र वन्यजन्तुको संरक्षण कार्यसँग यसको कुनै सरोकार नरहेको कोषले जनाएको छ ।
