‘जेन–जीका माग सम्बोधन गर्ने घोषणापत्र खोई ? – नायिका रेखा थापा
नायिका रेखा थापाले सार्वजनिक रूपमा दलहरूमाथि प्रश्न उठाएकी छन् । उनले दलहरूलाई लक्षित गर्दै जेन–जी पुस्ताको अपेक्षा सम्बोधन गर्न सक्ने घोषणापत्रबारे प्रश्न गरेकी छन् ।उनले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको उक्त प्रश्नलाई आगामी चुनावमा निर्णायक बन्दै गएको युवा मतदातासँग जोडेर हेरिएको छ ।
‘के तपाईंको पार्टीसँग जेन–जी को माग पूरा गर्न सक्ने घोषणा पत्र छ ?’, उनले सोधेकी छन्, ‘यो विषयमा नेताहरूलाई डिबेट गर्न बोलाए कुन कुन पार्टीको नेताले अस्वीकार गर्छन होला ?’
पछिल्ला वर्षहरूमा रोजगारी, शिक्षा, प्रविधि, सुशासन र जलवायु परिवर्तनजस्ता विषयमा जेन–जी पुस्ताको चासो बढ्दै गएको सन्दर्भमा दलहरूको तयारी कति छ भन्ने प्रश्न उठ्न थालेको छ ।
यस्तोमा यसअघि चुनावी मुद्दालाई लिएर सार्वजनिक बहसका लागि गरिएको आह्वान राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले अस्वीकार गरेका थिए । उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड भने बहसमा सहभागी हुन तयार भएका थिए । तर रेखाले जेन–जी केन्द्रित घोषणापत्र र नीतिगत दृष्टिकोणबारे खुला डिबेटका लागि प्रमुख दलका नेताहरूलाई चुनौती दिएकी हुन् । उनले यस विषयमा बहसका लागि आमन्त्रण गरिएमा सबै सहभागी नहुन सक्ने अड्कल पनि गरिएको सन्दर्भमा बोलेकी हुन् ।
