`

काठमाडौं–४ मा आँशु, सर्लाही–४ मा चुनौती : गगन थापाको चुनावी यात्रा (भिडियोसहित)

Nepal One HD १७ माघ २०८२ ११:३२
निर्वाचन विषेश

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन क्षेत्र अदलीबदलीको निर्णय कठोरतापूर्वक लिएको बताएका छन् । त्यस क्रममा उनी आफू रोएको समेत खुलाए ।

तीनपटक निर्वाचन जितेको काठमाडौं– ४ छाडेर सर्लाही–४ बाट उम्मेदवार दिएपछि उनले शनिबार बिहान भने, ‘रुनु त अरुबेला पनि मन लाग्छ । कहिलेकाहीँ रुन मन लाग्दालाग्दै पनि आँशु लुकाउनुपर्छ । तर, यसपटक काठमाडौं–४ मा मैले आँशु लुकाउन सकिनँ । साढे ११ बजे १२ बजेतिर साथीहरूको बीचमा निर्णय गर्दैगर्दा त्यही कोठाभित्र मलाई बोलाउन आउने साथीहरू पनि रोइरहनुभएको थियो । म पार्टीको सभापतिको ठाउँबाट यो ठाउँ छोडेर जाँदैगर्दा म पनि रोइरहेको थिएँ ।’

उनले सर्लाही–४ मा उम्मेदवारी दिएर जोखिम मोलेको पनि बताए । काठमाडौं–४ का कांग्रेस नेता कार्यकर्तादेखि अन्य दलका नेताहरूले समेत आफूलाई निर्वाचन क्षेत्र नछाड्न सुझाएको दाबी गरे ।

विगतका निर्वाचनहरूमा भन्दा यसपटक जित्न धेरै सहज हुँदाहुँदै आफूले सर्लाही–४ गएर मधेशसँगै देशको नेतृत्व लिन चाहेको खुलाए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *