`

अमेरिकी सैन्य गतिविधिबारे इरान र अजरबैजानका विदेशमन्त्रीहरूकाे संवाद

Nepal One HD १७ माघ २०८२ १३:०८
प्रमुख खबर

एजेन्सी- इरान र अजरबैजानका विदेशमन्त्रीहरूले अमेरिकी सैन्य गतिविधि र क्षेत्रीय सुरक्षाबारे संवाद गरेका छन् । जसमा अजरबैजानले आफ्नो भूमि इरान विरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता जनाएको छ ।

इरानी विदेशमन्त्री सैयद अब्बास अराघची र उनका अजरबैजानी समकक्षी जेहुन बायरामोभले अमेरिकी सैन्य निर्माणका कारण उत्पन्न क्षेत्रीय तनावका बारेमा विचार आदानप्रदान गरेका हुन् । दुवै देशका परराष्ट्र मन्त्रालयकाअनुसार टेलिफोन वार्तामा अराघचीले क्षेत्रीय विकास, अमेरिकी विनाशकारी हस्तक्षेपबाट उत्पन्न खतरा र इजरायलका दमनकारी कार्यहरूको बारेमा व्याख्या गरेका थिए ।

शान्ति र स्थिरताका विरुद्धका खतराहरूको सामना गर्न सबै क्षेत्रीय राष्ट्रहरूको सामूहिक जिम्मेवारी रहेको कुरामा जोड दिएका छन् । बायरामोभले अजरबैजानले छिमेकी इरान वा अन्य कुनैपनि देश विरुद्ध सैन्य कारबाहीका लागि आफ्नो हवाई क्षेत्र वा भूमि प्रयोग गर्न कहिल्यै अनुमति नदिने कुरामा दृढताका साथ पुनः पुष्टि गरेका छन् । विवादहरू अन्तर्राष्ट्रिय कानून बमोजिम वार्ता र कूटनीतिबाट मात्र सम्बोधन गरिनुपर्ने कुरामा जोड दिएका छन् । दुवै पक्षले आपसी सम्बन्ध र सहयोग सुदृढ गर्न पनि सहमति जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *