`

लोकतन्त्रको रक्षा गर्न काँग्रेसलाई जिताउनुको विकल्प छैनः नेता शर्मा

Nepal One HD १८ माघ २०८२ १५:२५
निर्वाचन विषेश

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले लोकतन्त्रको रक्षा गर्न पनि नेपाली काँग्रेसलाई जिताउनुको विकल्प नभएको बताएका छन् ।

निर्वाचन क्षेत्रका मतदाताहरुसँगको भेटघाट तथा घरदैलो कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले बोल्न, आफूलाई मन नलागेको कुरामा प्रतिवाद गर्ने अधिकार काँग्रेस लगायतका पुराना राजनीतिक दलहरुले लडेर ल्याएको स्मरण गराए । उनले लोकतन्त्रको रक्षा गर्न काँग्रेसलाई वश्वास गर्नुको विकल्प नभएको बताए ।

नेपाली काँग्रेस पहिला आफू बदलिएर देशको स्थिति बदल्ने सपना बोकेर निर्वाचनमा होमिएको जिकिर गरेका शर्माले नयाँ, बदलिएको र एजेण्डासहित आएको काँग्रेसलाई तमाम नेपाली जनताले विश्वास गर्नुपर्ने बताए ।

‘लोकतन्त्रको रक्षा गर्ने हो भने तपाईं हामीले आज मन लागेको चिज बोल्न त पाएको छ नि । प्रतिवाद गर्न पाएको छ । सरकारले थुनिहाल्यो भने अदालतले छोड्ने डेमोक्रेसीको पाँच पिल्लरमध्ये एउटा स्वतन्त्र न्यायालय कल्पना गरेको छ । त्यसमा त्रुटी होलान्, सुधार गर्नुपर्छ । लोकतन्त्रको रक्षा गर्ने हो भने हामीलाई नै विश्वास गर्नुपर्छ । त्यसको विकल्प नै छैन । अब हामीले बदलिएको काँग्रेस लिएर आएका छाँै । तपाईंहरुले हेर्नुभयो नयाँ नयाँ भन्छन् । काँग्रेस पार्टीको इतिहासमा उलटपुलट गराएर हामी आएका छौँ । नयाँ काँग्रेस हामीले बनाएर ल्याएका छौँ । नयाँ, बदलिएको र नयाँ भिजनसहित आएको काँग्रेसलाई तमाम नेपाली जनताले पत्याउनुपर्छ । पत्याउनुभएन भने देश भड्खालोमा जान्छ ।’ शर्माले भने ।

नेता शर्माले नागरिक भुलभुलैयामा परे देशको दुर्भाग्य निश्चित रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *