`

ईरान–अमेरिका आणविक वार्ता शुक्रवार मस्कटमा हुने

Nepal One HD २२ माघ २०८२ ११:४४
प्रमुख खबर

एजेन्सी- ईरान र अमेरिकाबीचको आणविक वार्ता शुक्रवार ओमानको मस्कटमा आयोजना गरिने इरानी परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा यो वार्ता स्थानीय समयअनुसार बिहान १० बजे हुने जानकारी दिँदै आवश्यक व्यवस्था मिलाएकोमा ओमानलाई धन्यवाद दिएका छन् ।

त्यसको केही समयपछि कम्तीमा नौ वटा मध्यपूर्वी देशहरूको पहलपछि वासिङ्टन शुक्रवार ओमानमा वार्ता गर्न सहमत भएको भनी धेरै पश्चिमी सञ्चारमाध्यमहरूले रिपोर्ट गरेका छन् । स्थान र वार्ताको ढाँचामा दुई पक्षबीचको असहमतिले गर्दा वार्ता रद्ध हुनसक्ने भन्ने अमेरिकी सञ्चारमाध्यमहरूको रिपोर्टपछि यो घोषणा आएको हो । यसअघि दुवै पक्ष टर्कीको इस्तानबुलमा शुक्रवार भेट्न र केही अन्य मध्यपूर्वी देशहरूलाई पर्यवेक्षकका रूपमा सहभागी गराउन सहमत भएका थिए । मंगलवार ईरानले वार्तालाई ओमानमा सार्न र आणविक मुद्दाहरूमा मात्र केन्द्रित द्विपक्षीय ढाँचामा आयोजना गर्न प्रस्ताध गरेको थियो ।

बुधवार अघि अमेरिकी सञ्चारमाध्यम एक्सियोसले दुई अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै वासिङ्टनले ईरानको माग अस्वीकार गर्ने निर्णय गरेको रिपोर्ट गरेको थियो । वार्ताको तयारी भइरहँदा पनि तेहरान र वासिङ्टनबीचको तनाव कम हुने कुनै संकेत देखिएको छैन । मंगलवार अमेरिकी सेनाले अरेबियन सागरमा आत्मरक्षाका लागि इरानी ड्रोन खसालेको बताएको छ भने ईरानले उक्त ड्रोनले अन्तर्राष्ट्रिय पानीमा निगरानी मिसन पूरा गरेको दाबी गरेको छ ।

ईरानको इस्लामिक रिभोलुसन गाड्र्स कोप्र्सले नयाँ भूमिगत मिसाइल बेस सार्वजनिक गर्दै आफ्नो सैन्य सिद्धान्त रक्षात्मकबाट आक्रामक बनाएको र शत्रुको कुनै पनि कदमका लागि तयार रहेको बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *