`

पाकिस्तानमा सुरक्षा बलको कारबाहीमा २१६ आतंककारी मारिए

Nepal One HD २३ माघ २०८२ १२:१९
प्रमुख खबर

एजेन्सी । पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा सुरक्षा बलले आतंकवाद विरोधी अभियान सम्पन्न गरेको र यस क्रममा कम्तीमा २१६ आतंककारी मारिएको सेनाले जनाएको छ । आतंककारीहरूले गरेका आक्रमणमा सुरक्षा बल र कानून कार्यान्वयन गर्ने निकायका २२ जना कर्मचारी र ३६ जना सर्वसाधारणको पनि मृत्यु भएको पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

स्थानीय बासिन्दाका लागि गम्भीर खतरा उत्पन्न गर्ने आतंककारीहरूको उपस्थितिको बारेमा विश्वसनीय र प्रमाणित गुप्तचरी सूचना प्राप्त भएपछि जनवरी २९ मा यो अभियान सुरु गरिएको थियो । त्यसपछि, सुरक्षा बलले प्रतिबन्धित बलुचिस्तान लिबरेसन आर्मीद्वारा गरिएका श्रृंखलावद्ध आक्रमणहरूलाई विफल पारेको आईएसपीआरले जनाएको छ । विज्ञप्तिका अनुसार, यसपछि विभिन्न क्षेत्रहरूमा गुप्तचरीमा आधारित अपरेसनहरूको विस्तारित अभियान चलाइएको थियो, जसको उद्देश्य निरन्तर कोम्बिङ र सेनिटाइजेसन प्रयासहरूमार्फत आतंककारीका ’स्लिपर सेल’हरूलाई ध्वस्त पार्नु थियो ।

अभियानका क्रममा ठूलो परिमाणमा विदेशी हतियार, गोलाबारुद, विस्फोटक पदार्थ र अन्य उपकरणहरू पनि बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *