तामाकोसी बस दुर्घटना: घाइतेको उद्दार जारी
प्रमुख खबर
काठमाडौं ।
रामेछापमा बस दुर्घटना हुदा ६ जना भन्दा बढी घाइते भएका छन्। मन्थली नगरपालिका–५ मसानटारमा आज बिहान भएको बस दुर्घटना हुँदा ६ जना घाइते भएका हुन्।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार घाइतेहरुलाई अस्पताल पुर्याइसकेको छ। ‘हामीले उद्दार कार्य जारी राखेका छौ,’ उनले नेपालवन एचडीसँग भने,’अहिलेसम्म ६ जना घाइतेलाई अस्पताल पुर्याउने काम भइसकेको छ।’
बस नदीमा खसेका कारण हताहतको संख्या यकिन हुन नसकेको उनले बताए । बसमा कति यात्रु सवार थिए भन्ने खुलिनसकेको उनको भनाइ छ । डुंगामार्फत उद्धारकार्य जारी छ ।
०३०१–०००५ख–९९७५ नम्बरको बस काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै थियो । तीनवटै सुरक्षा निकाय उद्धारमा जुटेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
